काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा कार्पेट किन्ने भन्ने विषयमा राष्ट्रपतिलाई थाहा नहुने भन्दै बचाउ गरेका छन् । बुधवार प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै कुर्सी, कार्पेट आदी किनेको कुरामा राष्ट्रपति, प्रधानमन्त्रीलाई थाहा नहुने बताएका छन् ।
उनले भने, “कुर्सी कसले किनेर ल्यायो राष्ट्रपतिलाई थाहा हुन्छ ? राष्ट्रपतिले अर्डर गर्छ कुर्सीको ? कार्पेट कहाँ राखियो प्रधानमन्त्रीलाई थाहा हुन्छ ? प्रधानमन्त्रीको काम होर त्यो ? प्रधानमन्त्री निवासमा कार्पेट कहाँबाट ल्याइयो कसरी थाहा हुन्छ ? राष्ट्रपतिलाई थाहा हुन्छ कार्पेट कसले खरिद गर्यो भन्ने कुरा?”
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्रको विरोधी भएको समेत टिप्पणी गरेको छन् ।
साथै प्रम ओलीले राष्ट्रपतिलाई दलगत आधारमा नहेर्नसमेत आग्रह गरेका छन् , उनले थपे, “जे मा पनि राष्ट्रपतिको विरोध गर्ने ? दलगत रुपमा हेर्ने कुरा पनि उचित होइन्। राष्ट्रपतिको संस्थालाई हामीले निष्पक्ष मर्यादित रुपमा व्यवहार गर्ने र राष्ट्रपतिलाई कार्यकारी अधिकार नभएको सम्मानित संस्थाको रुपमा।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया