राष्ट्रियताको सवालमा नेपाल हेपिन तयार छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका विषयमा दिएको अभिव्यक्ति आपत्तीजनक रहेको बताएका छन् ।

बुधवार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रियताको सवालमा हेपिन तयार नरहेको बुझ्न आग्रहसमेत गरेका छन् ।

‘यदि योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो नेपाललाई मान्य छैन, उनले मुख्यमन्त्रीका हैसियतले आपत्तिजनक अभिव्यक्ति दिएका छन् भने त्यो निन्दनीय कुरा हो ।’ प्रधामन्त्री ओलीले भने ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति दिएको आपत्तिजनक अभिव्यक्तिबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै त्यस्तो बताएका हुन् । साथै मूख्यमन्त्रीको भनाइलाई उद्धृत गर्दै नेपाल हेपिन तयार नरहेको यथार्थ बुझ्न भारतलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?