एल पी पौडेल /कर्णाली । पहिले यहाँ कोरोनाको जोखिम कम थियो । तर अहिले अत्याधिक जोखिम छ । त्यसको कारण यहाँका नागरिकको चेतनास्तर र रोगसँगको खेलाँची हो । नागरिकहरू रोगलाई केटाकेटीको खेलजस्तो ठाने । नेताहरूसमेत यस महामारीको समयलाई लोकप्रिय बन्ने अवसर ठाने र २/४ थान मास्क लिएर गाउँगाउँमा बाँड्न पुगे । प्रदेश सरकारले समेत खेलाँची गर्यो । सिमानाकामा नाम मात्रका हेल्थ डेस्क राखेर नागरिकका आँखामा छारो हाल्ने काम गरे । कर्णालीमा नागरिक, नेताहरू, बाहिरबाट आएकाहरू र केही कोरोना संक्रमितबाट गरिएको कोरोनाविरूद्वको खेलाँचीका केही उदाहरणहरू मैले भोगेँ । हेरेँ । मुखदर्शक बनेँ ।
जब चिनमा कोरोना भाइरस संक्रमण सुरु भएको थियो त्यतिबेला कर्णालीका गाउँगाउँमा मास्क आतंक नै चल्यो । सहरका गल्लीदेखि गाउँमा कुनाकाप्चासम्म मास्क बाँड्ने समाजसेवीहरूको बिगबिगी नै चल्यो । ५ वटा मास्क बाँडेर १० वटा फोटो फेसबुकमा राख्नेहरूले फेसबुक वाल नै फोहोर बनाए । गाउँगाउँमा मास्क आतंक चल्यो प्रतिघर ५ जना सदस्यलाई २ मास्क पनि बाँडियो । कतै कतै त थोत्रा कपडाका मास्क बनाएर पनि बाँडियो । कतै कतै त तिनै मास्कमा पनि कार्यकर्ताहरूले कमिसन पड्काए । गाउँका फुच्चे कार्यकर्ताहरूलाई पनि बिस्कुट किन्ने पैसा जुगाड भयो ।
जब नेपालमा कोरोना भाइरसको संक्रमण देखा पर्न सुरू भयो तब ती बाँडिएका मास्कहरू पुराना भइसकेका थिए । मास्क बाँड्ने समाजसेवीदेखि प्रदेश र स्थानीय सरकार समेत चुप लाग्न थाले । जब कोरोना कर्णालीमै प्रवेश गर्यो उनिहरू गुमनाम बने । नागरिकहरू पनि गर्मिमा मास्क लगाउन झ्याउ मान्न थालिसके । जब कर्णालीमा सयौंको संख्यामा कोरोना संक्रमितहरू गाउँगाउँमा पुगे उनिहरूले मास्क लगाउन भुल्नै थाले । मास्क बाँड्नेहरू त झन् गायब नै भए ।
पहिलेपहिले परपर भाग्नेहरू यहाँ कोरोना आइसकेपछि १ मिटरको सामाजिक नत भौतिक दुरी भुले । सुर्खेतको वीरेन्द्रनगर १ मा केहिदिनअघि खोलामा तटबन्धको काम संचालन भएको थियो । जसमा २० जना कामदार थिए तर हेर्नेहरू करिब ३० जनाभन्दा बढि । जहाँ सामाजिक दुरीको त कुरै छाडौं फाटफुटबाहेक कसैले मास्क नै लगाएका थिएनन् । कर्णालीका क्वारेन्टाइनहरूको हरिबिजोग त ब्याख्या गरिसाध्य छैन । सामाजिक दुरीको परिकल्पना त परै छाडौं । दशौंको संख्यामा एउटै कोठामा कोचिँदा केको सामाजिक दुरी रु
केटाकेटीले गोठाला गएको समयमा बनाउने गोठ जस्तैः कर्णालीका जिम्मेवार स्थानीय तहले बनाएका क्वारेन्टाइन एकताका सामाजिक सञ्जालमा कार्टुनसमेत बने । जतिबेला कर्णालीमा कोरोना संक्रमित नै फेला परेका थिएनन् । अन्तत कर्णालीका गाउँका धुलाम्य सार्वजानिक विद्यालयहरू क्वारेन्टाइन बने । ती विद्यालयमा खाँदिएर बसाले । भद्रगोल क्वारेन्टाइनमन बस्नेहरूले जेल सम्झेर बसे । कर्णालीका कतिपय विद्यालयहरूमा शौचालयमा पानी समेत हुँदैन । सुत्नलाई कतै स्याउला बिछ्याइएको पनि । कतै नाङ्गो डाँडामा पाल टाँगेर रमिता पनि भयो । जाजरकोटमा विद्यालयमा क्वारेन्टाइन बनाउने भनेपछि स्थानीयले विद्यालय नै भत्काए ।
अहिले कर्णालीमा आउनेहरू प्राय भारतबाट आउँछन् । प्रदेश सरकारको तथ्यांकअनुसार चैत ६ देखि हाल ९जेठ(२५० सम्म करिब ४० हजार नागरिकहरू प्रदेश भित्रिसकेका छन् । दैलेखमा मात्रै ४२ हजार भित्रिने अनुमान जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको छ । कर्णालीमा भारतबाट नागरिकहरू यति धेरै आउँछन् भन्ने कसैलाई थाहा नभएको पनि होइन् । सबैलाई थाहा छ । तर सबैले बुझि बुझि बुझ पचाए । नागरिक जति आउँछन् त्यो संख्यामा क्वारेन्टाइन तयार भएनन् । नाम मात्रका क्वारेन्टाइनमा केही बसे । कोहि आरडीटी परिक्षण गरेर घर गए । आरडीटीमा कोरोना नेगेटिभ देखिएका २ जनाको कोरोनाकै कारण कर्णालीमा ज्यान गइसक्यो । कोहि त आरडीटी नै परिक्षण नगरी गाउँ पसे । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म १० हजार बढि क्वारेन्टाइनमा रहेका नागरिक आरडीटी परिक्षण गरेर घर फर्किए । यदि उनिहरूलाई कोरोना लागेको रहेछ भने रु
दैलेखमा क्वारेन्टाइनमा बसेकाहरू आन्दोलनमा उत्रिए । सुर्खेतमा पनि खाना दिन आएकालाई समातेर पिट्नै खोजे । कतै मेयरलाई ‘पोषण पुगेन अण्डा दे’ पनि भने । आफुहरू नै सचेत बनेनन् । राती घरमा गएर सुत्ने, पसलमा गएर स्थानीय भएको बताउँदै सामान किनिदिने जस्ता कार्य गरे । अहिलेसम्म कर्णालीमा करिब ४० हजार नागरिक क्वारेन्टाइनमा बसिसकेका छन् । बुधबारसम्म १० हजार घर फर्किसकेका छन् । क्वारेन्टाइनमा बस्न नमान्ने यहाँका नागरिकको अर्को लापरबाही हो । कतिपय परिवाले समेत आफ्नालाई क्वारेन्टाइनमा नराख्न पाए भन्ने सोचे ।
कर्णालीमा नाममात्रका आइसोलेसन् अस्पताल बने । भैसीका गोठसमेत आइसोलेसन् बने । संक्रमितको उपचार गर्न मानेन रूकुमको चौरजाहारी अस्पतालले ।
कतै बोकाबलि दिइयो त कतै आगन खनेर अगारको टीका लगाइयो । यो सबै कोरोनाबाट वचन थियो । दैलेख, सुर्खेत, कालिकोट र जुम्लामा एकुनताका कोरोनाबाट वचन देउतन पुजा गर्ने होडबाजी नै चलेको थियो । हुम्लामा बच्चाको नाम नै कोरोना र भाइरस राखियो ।
केही दिनअघि दुई पटकसम्म कोरोना नलागेका व्यक्तिहरूलाई लागेको भनेर झुटो तथ्यांक सामाजिक विकास मन्त्रालयले निकाल्यो ।
यसर्थ कर्णालीमा कोरोनाविरूद्व तयारी भन्दा पनि खेलाँची चलेको छ । नागरिक, नेता, कार्यकर्ता, सरकारी कर्मचारी र शासकहरूबाटै खेलाँचि भएको छ । यसबाट यहाँका नागरिकहरूको चेतनास्तर गिर्दो अवस्थामा देखियो । क्वारेन्टाइन बारे गलत बुझाइको कारणले समाजमा अफवाह फैलियो । स्थानीय सरकारको चेत गुम्यो । यसर्थ कोरोनाविरूद्व सचेतना नभई कर्णालीमा हेलचक्रयाइँ र खेलाँची भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया