काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रीपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन महत्त्वपुर्ण निर्णय गर्ने बताएका छन् । उनले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय मन्त्रीपरिषद् बैठकले गर्ने जानकारी दिए ।
‘लकडाउनकै सरलीकरण गर्ने विषय अथवा जनतालाई सजिलो बनाउने विषयमा, निजी क्षेत्रलाई टेस्टहरु गर्न दिइयोस भन्ने विषय, विद्यार्थीहरुले, युवाहरुले झेल्नुपरेका समस्यालाई कसरी समाधान गर्छौ र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्दैर्छ’ प्रधानमन्त्रीले जवाफ दिने क्रममा भने ।
उनले थुप्रै कुराहरुलाई समयक्रम अनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघ बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया