रेडियो नेपालका कार्यकारी निर्देशकले राजीनामा दिए, के छ राजीनामा पत्रमा ?

काठमाडौं – रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

स्वेच्छाले राजिनामा दिएको उनको राजिनामा पत्रमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको उनले जानकारी दिए ।

२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । उनको कार्यकाल अब सातम महिनामा सकिँदै थियो ।

यो हेर्नुहोस् राजिनामा पत्र

No photo description available.

उनले सामाजिक सञ्जाल फेसबुकबाट पनि यो जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?