कागती सेफ क्रिम जसले हटाउँछ अनुहारको कालो दाग

कागती फेस क्रिम लगाउनुको फाइदा– यसले अनुहारको कालो दाग सजिलै हटाउन मद्दत गर्छ – यसको प्रयोगले अनुहार देखापर्ने चाउरी पन हटाउँछ – यसको प्रयोगबाट त्वचामा निखार ल्याउनको साथै गोरो र चम्किलो बनाउछ कागती फेस क्रिम बनाउन चाहिने सामाग्री– फ्रेस कागति– गुलाब जल– बनस्पति घिउ– भिटामिन इ तेल– इसेन्सियल तेलक्रिम बनाउने तरिकापहिला १ चिया चम्चा फ्रेस कागतिको रस लिने र त्यसमा २ चिया चम्चा गुलाब जल मिसाएर एउटा सफा भाडामा राख्ने अर्को कचौरामा १ ठूलो चम्मा बनस्पति घिउ राख्ने । त्यसपछि कराइमा पानी राख्ने । अनि मानी माथि घिउ राखेको कचौरा राख्ने र पानीलाई तताउने । यसो गर्दा कचौराको घिउ विस्तौ पग्लिन्छ घिउ पग्लिसकेपछि पानीबाट हटाउने र पग्लेको घिउमा कागतिको रस र गुलाब जलको मिश्रणलाई मिसाउने । त्यसपछि घिउमा सानो चिया चम्मा भिटामिन इ तेल र २ वा ३ थोपा इसेन्सियm तेल हाल्ने । अनि त्यसलाई राम्ररि मिसाउनुहोस् त्यस मिश्रणलाई राम्ररी चिसे हुन दिनुपर्छ । चिसो भइसकेपछि त्यो मिश्रण नरम क्रिममा परिणत हुन्छ । त्यस पछि कागति फेस क्रिम तयार हुन्छ र यसको प्रयोग गर्नु सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?