अपडेट : भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लगिँदै थियो कर्णाली नदीमा खसेको टिप्परमा

काठमाडौं । कालीकोटका करिव ५० यात्रु बोकेको कर्णाली नदीमा खसेकोबारे थप जानकारी प्राप्त भएको छ ।

कोरोना भाईरस ‘कोभिड १९’ को महामारीका कारण रोजगारीका लागि भारत गएकाहरु नेपाल आएपछि उनीहरुलाई क्वारेन्टाईनमा राख्न टिप्परमार्फत् क्वारेन्टाईनस्थल लगिँदै थियो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिप्परले उनीहरुलाई रास्कोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना भई कर्णाली नदीमा बेपत्ता भएको थियो ।

कालिकोटको राजकोट नगरपालिकामा यात्रु बोकेको टिप्पर कर्णालीमा खसेको हो ।

कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले दिएको जानकारी अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिप्पर नदीमा खसेको हो ।

प्रहरीका अनुसार स्थानीयले कर्णालीमा बग्दै गरेका केही यात्रुलाई नदीबाट जिवितै उद्धार गरेका छन् भने अन्य करिब ३० जना वेपत्ता भएका छन् ।

बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

रास्कोट जानका लागि बाटोका कारण साना सवारी साधन मात्र उपलब्ध भएको कारण धेरै यात्रु लान सकियोस् भनेर टिप्पर प्रयोग गरिएको थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । वृस्तित विवरण आउन बाँकी छ । -सांकेतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?