१० दिनसम्म पनि आएन रिपोर्ट, २४ जना भागे

स्वाब परीक्षणको रिपोर्ट नआएपछि महोत्तरीको सम्सी गाउँपालिका–५ को एउटा क्वारेन्टाइनमा बसेका २४ जना भागेका छन् ।
राष्ट्रिय मावि क्वारेन्टाइनबाट सोमबार साँझ उनीहरू भागेको गाउँपालिकाका प्रवक्ता विपिन विहारी यादवले बताए ।
क्वारेन्टाइनमा राखेको १५ दिनपछि झिकिएको स्वाब परीक्षणका लागि पठाएको १० दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । क्वारेन्टाइन छाडेर भागेकामध्ये वडाकै पोखरभिन्डा र संग्रामपुरलगायतका बस्तीमा पुगेका १४ जना मंगलबार गाउँपालिकाको सम्पर्कमा आए पनि फर्किएका छैनन् ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?