नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो २ अर्ब १० करोडको मुद्धा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब १० करोड मुद्दा जित्दै रकम डुब्नबाट जोगिएको छ ।

तनहुँ हाइड्रोपावरको ठेकेदार कम्पनी को(अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) को काउन्टर ग्यारेन्टी मुद्दा जितेको हो । बैंकले २ अर्ब १० करोडको मुद्दा जितेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बताए ।

सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला सुनाएको हो ।

तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेपछि सीमएसमीले आफ्नो जफत भएको जमानत रकम बैंकलाई भुक्तानी गर्न नपर्ने माग गर्दै अदालत गएको थियो।

सीएमसीको स्टे अर्डर विरुद्ध इटालियन अदालतमा नेपाल इन्भेष्टमेन्ट बैंकको अपिल
अब बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १५ करोड रुपैयाँ) गरी करिब दुई अर्ब १० करोड रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

नेपालमा मेलम्ची खानेपानी आयोजनासमेत बनाइरहेको सिएमसीले तनहुँ हाइड्रोपावरको समेत ठेक्का पाएको थियो तर, मेलम्चीको काम छोडेर सिएमसी भागेपछि तनहुँले समेत ठेक्का तोडेको थियो ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युतकोे नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना ९हेड वर्क्स० निर्माणका लागि इटालियन कम्पनी सीएमसी छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?