भलिबल सङ्घद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । नेपाल भलिबल सङ्घले नेपाल चिकित्सक सङ्घलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका बेला अग्र भागमा रही काम गर्दै आएका स्वास्थ्यकर्मीका लागि भलिबल सङ्घले सामाग्री सहयोग गरेको हो ।

सहयोग गरिएका सामाग्रीमा मास्क र फेस सेल्डर रहेका छन् । चिकित्सक सङ्घको कार्यालय प्रदर्शनी मार्गमा आज आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे।

भलिबल सङ्घले एन ९५ मास्क एक हजार थान हस्तान्तरण गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । यसैगरी पुल्चोक इन्जिनीयरिङ एल्मुनाई एसोसिएशनले पनि सो अवसरमा चिकित्सक सङ्घलाई पाँच सय थान एन ९५ मास्क हस्तान्तरण गरेको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?