काठमाडौं । नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मंगलवार मात्रै २ जना कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमितमा विदुर नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १७ र २२ वर्षीय युवक रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका दुवै जनालाई जिल्लास्थित त्रिशुली अस्पतालको आइसोलेसनमा राखि उपचार भइरहेको छ । साथै उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
यस अघि अन्य मेघाङका २ र ककनी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ककनीका कोरोना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा आज मात्रै ३ सय २३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया