प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकबाट नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

विधेयकमाथि मंगलबार भएको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?