काठमाडौं । खोटेहाङ गाउँपालिका-३ मझुवा बस्ने २७ वर्षीय सन्तोष राईको कुटपिटबाट मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने २१ वर्षीय राम भन्ने रवि सुनुवार, १९ वर्षीय गंगा बहादुर सुनुवार र गोपाल भुजेल समेतले सोमबार दिउँसो कुटपिट गर्दा मंगलबार बिहान राईको मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रवि सुनुवार समेत ६ जनालाई पक्राउ गरेको छ ।
यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया