नेपालमा थप ९६ जनाले जिते कोरोना, बितेको २४ घण्टामै थपिए ३२३ संक्रमित

काठमाडौं । नेपालमा थप ९६ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।
जनकपुरमा आज कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३० रहेको छ । उनीहरु धनुसाका ६ जना महिला र २४ जना पूरुष रहेका छन् ।

यसैगरी बलम्बु अस्पताल काठमाडौंबाट थप १ जना महिलाले कोरोना संक्रमण जितेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बाँकेमा थप २२ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।

त्यस्तै रात्ती आइसोलेशनबाट बाँकेका ७ जना पूरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार धरानबाट झापाका २८ जना पुरुष डिस्चार्ज भएका छन् ।

यस्तै, दाङबाट बर्दियाका ४ जना पुरुष डिस्चार्ज भएका छन् । र दैलेखमा एक जना महिलाले कोरोना संक्रमण जितेकी छिन् ।

 

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३२३ जना कोरोना संक्रमित, कुल संख्या ४ हजार नाघ्यो

नेपालमा आज (मंगलवार) एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको लडाई जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । आज मात्रै नेपालमा थप ९६ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् ।

नेपालमा हिजो (सोमवार) एकैपटक ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ पुग्यो: मन्त्रालय

नेपालमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा आज(मंलगवार) बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका पुरुष हुन् ।

यसअघि नेपालका १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमवार साँझ भरतपुर अस्पतालमा सारिएको थियो ।

नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज मात्रै थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?