महोत्तरीमा एक व्यवसायीको विभत्स हत्या

महोत्तरी, ५ फागुन । महोत्तरीमा एक व्यवसायीको विभत्स ढंगले हत्या भएको छ । मटीहानी ७ बस्ने सैलुन व्यवसायी ३६ वर्षीय रमेश कुमार ठाकुरको गएराती हत्या भएको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए राती करीब ८ बजे तिर सैलुन बन्द गरेर घर जाने क्रममा अज्ञात समुहले साङघातीक हमला गरी उनको हत्या गरेका हुन् मृतकको टाउकोमा गहिरो चोट र गिद्दी छरिएको अवस्थामा शनिबार मटीहानीको बजार र बस्तीको बीचमा रहेको खानेपानी ट्याकी अगाडीको मुल गेटमा शब भेटिएको थियो प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?