संसदमा गगन थापाको प्रश्नः भोकबाट मृत्यु भएकाको जिम्मा कस्ले लिन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले कोरोनाको संकटबाट जनतालाई पार लगाउन नसक्ने बताएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा कोरोना संक्रमित ठुलो मात्रामा बढेको भन्दै मृत्यु हुनेको संख्या १४ मात्र हो वा होइन भन्दै प्रश्न गरेका छन् । उनले भने, “अहिलेसम्म ३७ सय ६२ जना कोरोना संक्रमित भएका छन्, तर के मृत्यु हुनेको संख्या १४ मात्रै हो रु त्यसोभए भोकबाट मारिएका सुर्य बहादुर तामाङ, झुण्डिएर मरेको चन्द्र बहादुर परिवार, औषधि खान नपाएर मरेकी कंकादेवी बोहोरा वा सुत्केरी हुँदा अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायोको मृत्युको जिम्मा कस्ले लिन्छ” ?

त्यस्तै देशका अन्य ठाँउमा भोक र आत्महत्या गर्न बाध्य भएकाहरुको जिम्मा कस्ले लिन्छ भन्दै संसदमा प्रश्न गरेका छन् ।

पहिलेदेखि नै कांग्रेस लगायत अन्य दलले समेत कोरोना नियन्त्रणको लागि सरकारलाई सल्लाह दिँदा दिँदै पनि नसुनेकाले नै अहिले यस्तो अवस्था आएको भन्दै सरकारसँग आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?