काठमाडौं । धनुषाको कमला नगरपालिका-४ साघरा चोकबाट करिब १ लाख ३४ हजार मूल्य रुपैयाँ बराबरका विभिन्न ब्राण्डको मदिरा सोमबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको प्रहरीले जनकपुरबाट साघरातर्फ जाँदै गरेको ज १ च ९४९ नम्बरको गाडी जाँच गर्न खोज्दा चालक फरार भएकोले उक्त गाडी नियन्त्रणमा लिई तलासी गर्दा उक्त मदिरा फेला पारी बरामद गरेको हो ।
फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया