काठमाडौं । मंगलवार बिहान राजधानीको न्यूरोडमा पसल खोली व्यापार गरेको विषयमा प्रहरी र व्यवसायीबीच विवाद परेको छ । काठमाडौंका विभिन्न ठाँउमा व्यपारीहरुले आफुखुसी पसल खोली व्यवसाय सञ्चालन गर्न थालेपछि मंलवार बिहानैबाट प्रहरी अनुगमनमा निस्किएको थियो ।

यसैक्रममा न्यूरोड पुगेको प्रहरीले पसल सञ्चालन गरी व्यवसाय सञ्चालन गरिरहेको पसलहरु बन्द गर्न थालेपछि प्रहरी र व्यवसायीबीच विवाद परेको थियो ।
प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरोकारवालाहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ।
व्यवसायीहरुको गुनासोपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचको
बैठकले व्यवसायीहरुले सामाजिक दुरी कायम गर्दै व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

साथै सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपश्चात काठमाडौंका विभिन्न ठाँउहरुमा पसलहरु निर्वाध रुपमा सञ्चालन हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया