प्रदेशको नाम किरात राख्न मोर्चाले बुझायो मुख्यमन्त्रीलाई आधारपत्र

मोरङ, ५ फागुन । १ नं. प्रदेशको नाम किरात राख्न र स्थायी राजधानी सप्तकोशी (चतरा) क्षेत्रको भू-भागलाई तोक्न माग गर्दै किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोबिन्दबहादुर लिम्बू लगायतलाई आधारपत्र बुझाएको सो संगठनले जनाएको छ मोर्चा नेकपा (माओवादी केन्द्र) सम्बद्ध संगठन हो । १ नं. प्रदेशको नाम किरात राख्दा साझा र बहुपहिचानलाई समेट्ने मोर्चाको दाबी छ । किरात शब्द कैलाशी, काइलाती, कैरातीहुँदै किरात भएको, कैलाश पर्वतबासी प्राचीन जातिलाई किराती र त्यो भूगोललाई किरात भन्न थालिएको आधारपत्रमा उल्लेख छ इतिहासकार ईमानसिंह चेम्जोङ, दुर्गाहाङ याक्खा, समाजशास्त्री डोरबहादुर विष्ट, अंग्रेजी खोजकर्ताहरु कर्णेल कर्क पेट्रिक, हड्सन, सरजोन हेमिल्टन लगायतका विद्वानहरुले राई, लिम्बू, याक्खा र सुनुवार मात्र नभएर धिमाल, दनुवार, गुरुङ, मगर, थकाली, थारु, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे, कोचे लगायत १६ भन्दा बढीलाई किराती भनेको उक्त पत्रमा उल्लेख छ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशितहुँदै आएको बृहत नेपाली शब्दकोषले किरात भनेको ‘पूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरातका नामले प्रसिद्ध एक प्रदेश, किरात’ भनि स्वीकार गरेको पत्रमा उल्लेख छ यलम्बरदेखि योक्नेहाङसम्म ३२ जना किरातीहरूले १६३० देखि १९०३ वर्षसम्म राज्य गरेको उल्लेख भएको पाइन्छ । काठमाडौंबाट लिच्छिवि र पूर्वबाट शाहाहरुबाट राज्य सत्ता खोसिएसँगै किरातीहरुको राजनैतिक, आर्थिक अधिकार गुमेको मार्चाको दाबी छ पृथ्वीनारायण शाहाको ‘भौगोलिक एकीकरण’सँगै भावनात्मक बिखण्डन शूरु भएकोले सामाजिक, साँस्कृतिक, भाषिक विभेदको अन्त्य र नयाँ ढंगको एकीकरण(भावनात्मक एकता)को लागि प्रदेशको नाम किरात राखिनुपर्ने बताइएको छ किरात शब्द साझा सभ्यता हो । सगरमाथा र कोशी नाम पनि किरात जस्तो साझा नहुने मोर्चाको पत्रमा उल्लेख छ । भौतिक विकास र समृद्धिको मुख्य आधार शान्ति भएको उल्लेख गर्दै शान्ति स्थापनाको लागि सम्बन्धित प्रदेशमा बस्ने अधिकांस जनताको भावनालाई बुझेर व्यबहार गर्न सरकार र प्रदेशसभालाई मोर्चाले आधारपत्र मार्फत सुझाएको छ । पहिचानको आधारमा नाम नराखिए अशान्तिहुनुको साथै विदेशी चलखेल बढ्नसक्ने बताइएको छ आधारपत्र प्रदेश प्रमुख गोविन्दबहादुर लिम्बू, मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वति पोख्रेल, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) र राप्रपाका संसदीय दलका नेताहरूलाई आधार पत्र बुझाएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए । संसदीयल दलका नेता चयन नभइसकेका पार्टीहरूलाई चयन भएपछि पाउने गरी पत्र बुझाइएको मोर्चाले जनाएको छ त्यसैगरी पत्र एमालेका प्रदेश ईन्चार्ज भीम आचार्य, माओवादी केन्द्रका प्रदेश संयोजक सावित्रीकुमार काफ्ले, माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष मुक्साम मेयाङ्बो, संघीय लिम्बूवानको महासचिव अशोक चेम्जोङ मर्फत कुमार लिङ्देनलाई, संघीय समाजवादी फोरमका लिम्बुवान प्रदेश समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मुख्य सचिव लोकसागर साम्बामार्फत आधारपत्र बुझाएको मोर्चाका अध्यक्ष राजन किराती (बासु)ले बताए स्थायी राजधानी सप्तकोशीमा बन्ने आधारत्यस्तै, प्रदेशको स्थायी राजधानी उदयपुरको बेलका र सुनसरीको बराह नगरपालिकाको चतरा सप्तकोशी क्षेत्रलाई बनाइनु पर्ने आधारपत्रमा उल्लेख छ विश्वका अधिकांश ठूला शहरहरु नदी किनारमा अवस्थित रहेकोले त्यहा स्मार्ट सिटी बनाउँन सकिने उक्त पत्रमा उल्लेख छ । सप्तकोशी नदीबीचमा रहेको श्रीलङ्का टापुमा हवाई मैदान बनाउन सकिने । धरान–गाइघाटहुँदै हटौंडा सडक खण्डको सबैभन्दा ठूलो आर्थिक केन्द्र बनाउन सकिने, चतरा–त्रिवेणी करीडोरमा जल तथा स्थल यातयात मार्फत सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, संखुवासभा र पाँचथर जिल्लाको नदी करीडोर क्षेत्रको आर्थिक विकासमा कायाकल्प गर्न सकिनेछ उल्लेख छ । राजधानी नदी किनारमा भएपछि जलयातयात, ¥याफ्टीङ, कायाकिङ, फिशीङ, बोटीङ र सरफीङ मार्फत अत्याधिक पर्यटकहरु भित्र्याउनुको साथै मधेश र पहाडलाई जोड्ने महत्वपूर्ण पुल बन्ने पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?