यस्तो छ जनता समाजवादी पार्टीको घोषणापत्र

काठमाडौं । राष्टिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भई बनेको जनता समाजवादी पार्टी, नेपालले आइतवार निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा औपचारिक रूपमा दल दर्ताका लागि निवेदन दिएको छ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, राजेन्द्र महतो लगायतका दर्जनौँ नेता कार्यकर्ताहरू निर्वाचन आयोगमा पुगेका थिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच एकीकरण हुने कुरा गत वैशाख १० गते नै राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरू महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरद सिं भण्डारी तथा समाजवादी पार्टीको तर्फबाट सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सहमती पत्रमा हस्ताक्षर गरी निर्वाचन आयोगमा जानकारी दिएको थियो ।

पार्टीको घोषणापत्र, विधान लगायतका दस्तावेजहरूलाई अन्तिम रूप दिन तथा नेतृत्व व्यवस्थापनमा समय लागेकाले आइतबार साँझ ५ बजेभन्दा केही अगाडी मात्र नेताहरू निर्वाचन आयोग पुगेका थिए । पार्टीले दल दर्ताका लागि दिएको निवेदनको दर्ता नम्बर १३९२ रहेको छ ।

उक्त पार्टीले जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र, विधान तथा नियमावली मस्यौदाका लागि सहमतीपत्रमा हस्ताक्षर गर्ने ८ जना मध्येका एक नेता राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा नवराज सुवेदी, लक्ष्मणलाल कर्ण तथा सर्वेन्द्र नाथ शुक्लाको ४ सदस्यीय दस्तावेज मस्यौदा समिति बनाएको थियो । दल दर्ताका लागि जानु अगाडी उक्त समितिले बनाएको दस्तावेजलाई सम्बन्धित दुबै पक्षबाट प्राप्त सुझावको आधारमा अन्तिम रूप दिइएको थियो ।

जनता समाजवादी पार्टी, नेपालले आज निर्वाचन आयोगमा बुझाएको घोपणापत्रमा पहिचानसहितको सङ्घीयतालाई समुन्नत सङ्घीय शासन व्यवस्थाको रूपमा चित्रित गदै नेपाली विशेषताको समाजवादको आवश्यकता औंल्याइएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत सङ्घीय समाजवादको विशेषताको रूपमा दश बुँदा उल्लेख गरिएको उक्त घोषणापत्रमा पार्टीको रणनीतिक लक्ष्य सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गरिएको छ ।

जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र यसप्रकार रहेको छ:

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/Manifesto-of-PSPN-Final.pdf” title=”Manifesto of PSPN- Final”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?