प्रदेश ७ को संसदीय दलमा शाह, उपसभामुख र मन्त्री छान्न कसक

काठमाडौं, ५ फागुन । प्रदेश नं. ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध चयन भएका छन् शनिबार बिहान बसेको एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको हो एमालेका वैकल्पिक सदस्य समेत रहेका शाह बाजुरा प्रदेशसभा ‘ख’बाट सदस्यमा निर्वाचित भएका थिए यसैबीच एमालेले प्रदेश उपसभामुख र मन्त्रीहरुको भने टुंगो लगाउन सकेका छैनन् । एमाले कैलालीका सचिव रण बहादुर चन्दले भने, उपसभामुखका उम्मेदवार मन्त्रीहरुको टुंगो केन्द्रीय समितिले लगाउने बताए एमालेले प्रदेश नं. ७ मा मन्त्रीको टुंगो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलाई जिम्मा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?