काठमाडौं । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर सोमवार(आज) राति १० बजेसम्म आउने भएको छ ।
यदि मृतकको रिपोर्ट पोजेटिभ आएमा शवको व्यवस्थापन लागी सरकारी टोलिलाई बुझाइने र नेगेटिभ आएमा परिवारका सदस्यहरुलाई दिइने बुझिएको छ ।
अस्पतालका अनुुसार मृत्यु भएकी सुत्केरीमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको र पीसीआर जाँचका लागि टेकु पठाइएको थियो ।
ती महिला आइतवार(हिजो) साँझ अस्पतालमा भर्ना भएको र बच्चालाई जन्म दिएपछि मृत्यु भएको थियो ।
त्यस्तै अस्पतालले बच्चाको अवस्था सामान्य रहेको पनि बताएको छ ।
महिलामा खोकी स्वास प्रश्वास लगायतको समस्या देखिएको पनि अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया