काठमाडौं । प्रदेश नम्बर २ सोमवार १ सय ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ सय ६७ जना पुरुष तथा ७ जना महिला रहेका छन् ।
जसअनुसार सर्लाही जिल्लामा १ सय २० जना, सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमवार (आज) थपिएका सर्लाही जिल्लाको बिष्णु गाउँपालिका स्थित तेजनारायण दयावती माध्यमिक विद्यालय तथा मधुवन स्वास्थ्य चौकीको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ४ जना, १९ देखि ४० बर्ष उमेर समुहका ३० जना र ४५ बर्षका थप एक जनागरी कुल ३५ जना ब्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना, १९ देखि ४० बर्ष उमेर समुहका ३२ जना, ४० देखि ६० बर्ष उमेर समुहका ५ जना पुरुष र १८बर्षिय किशोरगरी कुल ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सर्लाही जिल्ला स्थित चकरघट्टा गाउँपालिकामा रहेको पडरिया र ओरी निम्न माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना र १९ देखि ४० बर्ष उमेर समुहका १० जनागरी कुल १५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले गरेको दैनिक मिडिया विफ्रिंगमा जनाएको छ ।
सर्लाही जिल्लाकै बलरा नगरपालिकामा रहेको बलरा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ४ जना र १९ देखि ४० बर्ष उमेर समुहका ४ जनागरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सर्लाही जिल्लाकै ईश्वरपुर नगरपालिका स्थित स्थानीय क्वारेन्टाईनमा रहेका १४ बर्षिय बालिका तथा १ देखि १८ बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाईनमा रहेका ५० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १४ जनागरी कुल १८ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै रामनगर गाउँपालिका स्थित क्वारेन्टाईनमा रहेका ३७ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस प्रदेश नम्वर २ मा हालसम्म २ सय २६ जना कोरोना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भइसकेका छन् । भर्खरै प्राप्त विवरण अनुसार प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसन कक्षबाट २३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको खवर प्राप्त भएको छ ।
नेपालमा सोमवार ३ सय १४ कोरोना संक्रमित थपिएसँगै कुल ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ४ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया