हेर्नुहोस् २०७७ साल जेठ २७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ २७ गते । मंगलवार । इ.स.२०२० जुन ०९ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा ।

आषाढ कृष्णपक्ष । तिथी– चतुर्थी,२१ बजेर १८ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराषाढा,१६ बजेर २० मिनेट उप्रान्त श्रवण । योग ब्रम्ह,१४ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,०९ बजेर ४० मिनेट उप्रान्त बालव,२१ बजेर ३८ मिनेट उप्रान्त कौलव ।

आनन्दादिमा– मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५७ मिनेटमा । दिनमान ३४ घडी २९ पला । मंगल–चौथी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ ।

पढाईमा मन जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सरकारी स्तरबाट हुने कामहरु समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जागर आउनेछ ।

आफन्त तथा घर परिवारका सदस्यहरुका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेको छ । सामाजिक तथा परोपकारी काममा समय व्यतित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला ।

प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ ।

आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा केही मात्रामा आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । चिठ्ठा पर्ने तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ ।

माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।

व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ ।

लेखेरै नाम तथा दाम दुबै कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ ।

परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ ।

गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ ।

सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विद्यार्थी र सामाजिक काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?