भारतबाट आएका धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमवार धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आइ क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लोकपथलाई बताए

मल्लका अनुसार उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको हो ।

जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेन्टाइनमा रहेका थिए ।

क्वारेन्टाइनमा रहेका उनीहरुको जेठ २४ गते पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?