बुटवल, ५ फागुन । प्रदेश नं. ५ मा आज उपसभामुखको उम्मेदवार दर्ता हुँदैछ । आइतबार (भोलि) हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ उपसभामुख उम्मेदवारी मनोनयन प्रदेशसभा भवनमा हुँदैछ संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो त्यस्तै, उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेदवारी दर्ता गर्नेछन् । सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान अनुसार, एमालेले कृष्णी थारुलाई उपसभामुख बनाउने निर्णय गरेको थियो यसअघि दाङकी धमकली थारू चौधरीको नाम समेत उपसभामुखको चर्चामा रहे पनि एमालेले पूर्वकम्लरी कृष्णीलाई उपसभामुख बनाउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया