२१ जेष्ठ २०८०, आईतवार

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी

२०७४,आश्विन,५,बिहीवार ०२:१९

0
Shares

 लहान, ५ असोज – सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा नेकपा (माओवादी केन्द्र)का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१