चीनमा आज फेला परेका ५ कोरोना संक्रमितमा ‘‘एसिम्टोम्याटिक केस’

काठमाडौं । चीनमा पछिल्लो २४ घण्टायता थप ६ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज भेटिएका ६ जना संक्रमित मध्ये ५ जना संक्रमितलाई कुनै पनि लक्षण नदेखिएको बताइएको छ । बिना कुनै पनि लक्षण लदेखिएको लक्षणलाई एसिम्टोम्याटिक केस भन्ने गरिन्छ ।

हिजो (आईतवार) चीनमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

अहिलेसम्म चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?