गुलरीया । बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको शिलान्यास भएको छ ।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतवार मैदान शिलान्यास गरे ।
बर्दिया जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको पहलमा बढैयाताल २ विद्यालयको खेल मैदानमा पहिलो चरणमा ४६ लाख रुपैयाँमा प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण हुन लागेको समाजसेवी शास्त्रीले बताए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलप्रति स्थानीय युवामा देखिएको रुचि र देशले अन्तर्राष्ट्रिय तहमा नेपाली क्रिकेट खेलले पाएको सफलतालाई ध्यानमा क्रिकेट मैदान निमार्ण गर्न लागिएको जानकारी दिए ।
खेल मैदान निमार्णका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनानुसार १८ करोड रुपैयाँ आवश्यक पर्ने भए पनि क्रमागत रुपमा बजेटको व्यवस्था गर्दै निर्माणको काम अघि बढाइने जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया