काठमाडौं । नवलपरासीमा शसस्त्र प्रहरी र स्थानीय बीच झडप हुदा १० जना घाइते भएका छन । जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसैया नाकामा सिमामा खटिएका शसस्त्र प्रहरी र स्थानीय बीच झडप हुदा ६ जना शसस्त्र प्रहरीका जवान र ४ जना स्थानीय गरि १० जना घाइते भएका हुन ।
झडपमा स्थानीयले गुलेलीबाट हानेर शसस्त्र प्रहरीका जवानहरूलाई घाइते बनाएका छन भने यता डिफेन्समा शसस्त्र प्रहरीका जवाले बल प्रयोग गर्दा ४ जना स्थानीय पनि घाइते भएका हुन ।
स्थानीयले चलाएको गुलेली लागेर ३ जना शस्सत्र प्रहरीको आन्खा र टाउकोमा ठुलो चोटपटक लागेको छ अरुको भने शरीरको विभिन्न अङ्गमा चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ । यता स्थानियहरुमध्ये सामान्य घाईते छन् ।
घाईतेहरुको उपचारका लागि जिल्ला पृथ्वीचन्द्र असपताल लगायत स्थानिय मेडिकलहरुमा लगिएको छ । आज सान्झ ४ बजेको समयमा स्थानीय एक महिलाले भारतबाट मल किनेर नेपाल भित्राउन खोज्दा सिमामा निगरान गर्न खटिएका शसस्त्र प्रहरीले रोकेपछि उनी अटेरी गर्दै छिर्न खोजेकि थिईन शसस्त्र प्रहरीले उनलाई रोकेपछि उनि मल छिराउन बिफल भइन ।
मल छिराउन नपाएपछि उनले १०० जना भन्दा बढी गाउँलेलाई बोलाएर शसस्त्र प्रहरी र अस्थायी पोस्टमा आक्रमण गराईएको शसस्त्र प्रहरीले जनाएको छ । स्थानीयले शसस्त्र प्रहरीले बनाएको अस्थायी पोस्टलाई भत्काइदिएका छन ।
यता मल छिराउन खोज्ने महिलालाई शसस्त्र प्रहरीका जवानहरुले कुटपिट गरेको भन्दै स्थानिय आक्रोसित भएर आक्रमण गरेको वडा अध्यक्ष त्रिभुवन कुर्मीले जानकारी दिए ।
उनका अनुसार तनावग्रस्त स्थितीलाई सहज बनाउन शसस्त्र प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको बताए । डेढ घन्टा तनावग्रस्त बनेको सो ठाउँमा अहिले स्थिति भने सामान्य बनेको छ। बिवाद मिलाउन शसस्त्र प्रहरिका अधिकारी र गाउँपालिकाका प्रमुख र वडा अध्यक्ष लगायत सरोकारवाला लागेका छन ।
साङ्केतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया