काठमाडौं । नेपालमा अझै ३९ प्रतिशत जनसङ्ख्या बैंकिङ्ग पहुच भन्दा बाहिर रहेको अवस्थामा डिजिटल बैंकिङ्ग र क्यासलेस ट्रान्जेक्सनका माध्यमबाट यो समुहलाई समेत बैंकिङ्ग च्यानलमा ल्याउन सकिने सरोकारवालाहरु बताउँछन् ।
आइतवार लोकपथ विशेष: ‘क्यासलेस नेपाल सपना र चुनौती’ अन्तक्र्रियामा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर प्रल्हाद गिरीले फिन्टेक इन्ड्रष्टीमा हाल सप्लाई साइड भन्दा डिमाण्ड साइड कम्जोर रहेको भन्दै डिजीटल र क्यासलेस इको सिस्टममा एण्ड युजरको संख्या बढाउनु पर्ने बताएका छन् । रियल टाइम पेमेन्ट सिस्टम लागु भैसकेको अवस्थामा अब चाँडै नै नेशनल पेमेन्ट गेटवेको काम पनि अघि बढ्ने भन्दै बजेटले पनि यसको महत्वलाइ आत्मसाथ गरेकोले समेत कोभिड ( १९ पछि अब यसले आगमी दिनमा नेपालमा क्यासलेस अर्थान्तन्त्रको बिस्तार हुने गिरीले बताए ।
कतै नेपालमा हाल ‘केवाइसि र एएमएल’ भएको कडाइले समेत ठुलो संख्यमा रहेका एण्ड युजरहरु डिजीटल र क्यासलेस ट्रान्जेक्सन भन्दा क्यास ट्रान्जेक्सनमै अल्झिएको त हैनन ? भन्ने प्रश्नमा डेपुटी डाइरेक्टर गिरीले ‘केवाइसि र एएमएल’ नेपालले आफ्नो अदृष्य प्रतिबद्धता अनुरुप लागु गरेको बताउँदै तर नीतिगत रुपमा यसमा अलि लचकता अपनाउन सकिने र हाल भएका प्रावधान पनि त्यस्तो कडा नभएको भन्दै यसको लागी निजि क्षेत्रका बैंक एवम फिन्टेक इन्डष्ट्रीका सरोकारवालाहरुले पनि प्रद्धर्धन र इनोभेटिभ विजनेस मोडल पनि अगाडि ल्यानुपर्ने बताएका छन् ।
सरकारले किसान क्रेडिट कार्डको अवधारण ल्याउनु एकदम सहि कदम भएको भन्दै आगामी दिनमा यसको मोड्यालिटी निर्धारण भएपछि राष्ट्र बैंकले प्रक्रिया अघि बढाउने उनले बताए ।
हाल ५ प्रतिशत मात्र रहेको डिजीटल र क्यासलेस अर्थतन्त्रमा कोभिड ( १९ पछि आगामी दुइ बर्षमा न्यूनतम १५ देखि अधिकतम २५ प्रतिशत डिजीटल र क्यासलेस ट्रान्जेक्सनमा विस्तार हुनेमा आफु आशावादी रहेको गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया