काठमाडौं । कोरोना भाइरसको वास्तविक जानकारी लुकाएको विषयलाई लिएर मुख खोलेको छ ।
कोरोना भाइरसको सत्यता विश्वलाई लुकाएको विषयलाई लिएर विश्वका अधिकांश देशहरु चीनसँग रुष्ट बनेका थिए ।
उक्त विषयको सत्यता बताउने भन्दै चीनले एक श्वेतपत्र जारी गर्दै आफू उक्त विष्यमा निर्दोष भएको बताएको छ ।
आईतवार जारी उक्त श्वेतपत्रमा चीनले वुहानमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको २७ डिसेम्बरमा देखिएको बताएको छ ।
त्यति मात्रै होइन, चीनले कोरोना भाइरस मानिसबाट मानिसमा फैलिने कुरा १९ जनवरीमा थाहा पाएको बताएको छ । त्यसपछि कोरोना रोकथामको लागि तयारी थालेको बताएको छ ।
चीन सरकारले आफ्नो श्वेतपत्रमा कोरोनाको जानकारी लुकाएको कुरा सिदै खारेज गरेको बताएको छ ।
यसको साथै यी सबै आरोपको जवाफ चीन सरकारले लामो जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केहि पश्चिमेली देशहरुले कोरोना भाइरसको सत्यतामा चीनले पारदर्शिता नदेखाएको बताएका थिए ।
उनीहरुले चीनले समय हुँदै यसको बारेमा सत्य जानकारी नदिएर विश्वमा मानिसहरुले यो अवस्था भोग्नुपरेको आरोप लगाएका थिए ।
चीन सरकारले आफ्नो श्वेतपत्रमा यो पनि भनेको छ कि,वुहानको एक अस्पतालमा २७ डिसेम्बर सन् २०१९ का दिन कोरोना भाइरसको बारेमा जानकारी पाएको बताएको छ ।
त्यसपछि उक्त अवस्थासँग लड्नको लागि चीनले विशेषज्ञहरुको सहयोग लिएको बताएको छ । चीन सरकारले राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) द्वारा गठित एक हाई लेभल टीमले १० जनवरीमा यस भाइरस मानिसदेखि मानिसमा सर्ने कुरा पत्ता लगाएको बताएको छ ।
कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ७० लाख ८ हजार ५४१ जनालाई संक्रमण भएको छ भने ४ लाख २ हजार ६८६ जनाको मृत्यु भएको छ ।
विश्वमा ३४ लाख २८ हजार ९६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने भने ५३ हजार ६६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया