बहिनीको बलात्कार : परिवारले नै दबाउन खोज्यो घटना

राजविराज, ५ फागुन- सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको थियो आरोपी राजदेव गत पुस २५ गते साँझ ५ बजे आफनै कोठामा रहेकी काकाकी छोरी भेटन गएका थिए । कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी बहिनीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युझिएकी थिइन् कोठा बाहिर घरका अन्य सदस्यहरू रहेको बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानवाट देखिएको उक्त घटनाका अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बालिका चिच्याउन थालेपछि अरूले थाहा पाउने डरले राजदेवले कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानवाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बहिनीलाई बलात्कार गरी राजदेव घरवाट फरार भएका थिए, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?