यस्तो छ कोरोना संक्रमित र निको हुनेको प्रादेशीक विवरण

काठमाडौं । नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा आजमात्रै थप १०२ जनाले कोरोना संक्रमण जितेका छन् । प्रादेशीक हिसाबले हालसम्म प्रदेश नं २ मा १ सय ८६ जनाले कोरोना संक्रमण जितेका छन् जुन अन्य प्रदेशमा भन्दा धेरै हो ।

यसै गरी कोरोना संक्रमितको हिसाबले पनि प्रदेश नं २ सबै भन्दा माथि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार प्रदेश नं २मा हालसम्म १ हजार १ सय ६१ जनामाकोरोना संक्रमण देखिएको छ ।

डिस्चार्ज भएकाको प्रादेशीक विवरण

प्रदेश नं १ : ९१ जना

प्रदेश नं २ : १८६ जना

वाग्मती प्रदेश : ३२ जना

गण्डकी प्रदेश : ३ जना

प्रदेश नं ५ : १३३ जना

कर्णाली प्रदेश : ९जना

सुदूरपश्चिम प्रदेश : १३जना

 

कोरोना संक्रमण देखिएकाको प्रादेशीक विवरण

प्रदेश नं १ : २५९जना

प्रदेश नं २ : ११६१ जना

वाग्मती प्रदेश : ९२ जना

गण्डकी प्रदेश : १११ जना

प्रदेश नं ५ : १०८१ जना

कर्णाली प्रदेश : ६३३ जना

सुदूरपश्चिम प्रदेश : १११जना

नेपालमा हालसम्म कोरोनाका कारण १३ जनाको ज्यान गइसकेको छ ।

नेपालमा एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

नेपालमा आज (आईतवार) एकैपटक थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १३ जनाले ज्यान गुमाएका छन् भने ४६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा थप १०२ जना कोरोना संक्रमितहरु स्वास्थ्योपचार पछि निको भएका छन् । आज एक सय जना पुरुष तथा २ जना महिला स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा हिजो (शनिवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?