हेर्नुहोस् २०७७ साल जेठ २६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ २६ गते । सोमवार । इ.स.२०२० जुन ०८ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– तृतीया,२१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी ।

नक्षत्र– पूर्वाषाढा,१५ बजेर ५५ मिनेट उप्रान्त उत्तराषाढा । योग शुक्ल,१५ बजेर १९ मिनेट उप्रान्त व्रम्ह । करण– वणिज,१० बजेर ०७ मिनेट उप्रान्त भद्रा,२१ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा– उत्पात योग ।

चन्द्रराशि–धनु ,२१ बजेर ५८ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५६ मिनेटमा । दिनमान ३४ घडी २८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमीमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ ।

महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ ।

माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ ।

भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरुलाई निरन्तरता दिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शत्रुमाथी वीजय गर्न सकिनेछ तथा आँट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ ।

पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछि सम्म आम्दानी भईरहने व्यावसाय शुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ ।

आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्वसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ ।

रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैँतिर ल्याउन सकिनेछ ।

आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ ।

आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ ।

धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तर पनी काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ ।

व्यवसायमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछन् ।

प्राकृतिक स्रोत तथा सम्पत्तीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?