काठमाडौँ, ५ फागुन- त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियुक्ति गर्न लिइसकेको परीक्षासहित विज्ञापन नै रद्द गरेको छ । आफन्तलाई जागिर खुवाउनै उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको छ, कान्तिपुरमा खबर छ त्रिवि कार्यकारी परिषदको पुस ४ को बैठकले डिन कार्यालयहरूका लागि रिक्त मुख्य प्राविधिक (सहायक कम्प्युटर अपरेटर) करार सेवाबाट पदपूर्ति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस ३० मा गोरखापत्रमा विज्ञापन गरी माघ २८ मा लिइएको प्रयोगात्मक परीक्षा रद्द गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया