नेकपाले बोलायो सचिवालय बैठक, एमसीसीबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (सोमबार) सचिवालय समितिको बैठक बोलाएको छ । बालुवाटारमा भोलि (सोमबार) ४ बजे बोलाइएको बैठकमा एमसीसी बारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् । तर पनि नेकपामा अमेरिकी सहयोग परियोजना एमसीसी बारे विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?