काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जपसा) मा नेतृत्व र वरियताको विषयमा सहमति जुटेको छ ।
पार्टीका तीन नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाट नेतृत्व र वरियताका विषयमा टुंगो लगाइएको हो ।
पार्टी स्रोतका अनुसार महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिइएको छ भने उनकै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ । यस्तै बाबुराम भट्टराईलाई दोस्रो वरियता र संघीय परिषद् अध्यक्ष दिने सहमति भएको छ । यस्तै तेस्रो वरियता सहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । यस्तै अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको पार्टी स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया