कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयमा नेता सिंहको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए ।

उनले गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारी काम गर्नुपर्ने पनि बताए । तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए ।
सरकार राजनीतिक,आर्थीक र कुटनीतिक रुपमा असफल भइसकेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?