गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए, कूल संक्रमित संख्या ११३ पुग्यो

गण्डकी प्रदेशका ४ जिल्लामा आइतबार ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीमा संक्रमितको कुल संख्या ११३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार स्याङ्जा, बागलुङ, गोरखा र नवलपुरमा गरि ३८ संक्रमित थपिएका हुन् । निर्देशनालयको जानकारी अनुसार स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपुरमा ४ गरि एकै दिन ३८ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा गोरखा पालुङटार नगरपालिकामा १७ वर्षिय एक पुरुष र गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २० २१, २१ र २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

स्याङ्जामा थएिका १४ संक्रमितमध्ये वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्ष उमेर समुहका र भिरकोट नगरपालिकाका ४५ वर्षिय पुरुष रहेका छन् ।

यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र १ जनाको उमेर नखुलेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ढोरपाटन नगरपालिकामा २६ वर्षिय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै, गण्डकी प्रदेशको कान्छो जिलला नवलपुर हुप्सेकोट गाउँपालिकामा २०, ३५, ३५ र ४५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?