यात्रु चार्टर उडानमा रोक लगाइयो

विपत्का बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलाइन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्ययन प्राधिकरणले कूटनीतिक माध्यमबाट हुनेबाहेक चार्टर उडान रोकेको छ ।
प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै चार्टर उडानलाई रोकेको हो ।
सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानलाई रोक लगाएको थियो ।
तर सरकारसँग अनुमति नलिइ टिकट विक्री गर्दै चार्टर उडान हुन थालेपछि मन्त्रालयले शनिबार प्राधिकरणलाई चार्टर उडनमा कडाइ गर्न निर्देशन दिएको थियो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?