बैतडीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

काठमाडौं । बैतडीको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं-६ कै सन्तोलि घरभएका एक बर्षीय पुरुषको शनिबार मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिहँ महराले जानकारी दिनुभएको छ ।

एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?