सुदूरपश्चिम प्रदेशमा मात्र १०७ जनामा कोरोना संक्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोभिड १९ का संक्रमितको संख्या १०७ पुगेको छ । संक्रमित हुनेमा १७ महिला र ९० जना पुरुष रेहेको जनाईएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले आज गरिएको मिडिया व्रिफिङमा सो कुराको जानकारी दिएको हो ।

प्रदेशमा २४५ जनाको स्वाब संकलन गरिएको र ७०४९ जनाको पिसिआर मेसिन वाट जाच गरिएको जनाएको छ । ६९४२ जनाको रिपोट नेगेटिभ छ भने १०७ जनामा कोभिड १९ को संक्रमण पुस्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्र सिह काक्री ले बताए । ११९६ जनाको नजिा आउन बाकी रहेको र १ जना संक्रमित निको भई घर गई सकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?