हेर्नुहोस् २०७७ साल जेठ २५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ २५ गते । आईतवार । इ.स.२०२० जुन ०७ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– द्वितीया,२२ बजेर ३१ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मूल,१५ बजेर ५९ मिनेट उप्रान्त पूर्वाषाढा । योग शुभ,१६ बजेर ५८ मिनेट उप्रान्त शुक्ल ।

करण– तैतिल,११ बजेर ०२ मिनेट उप्रान्त गर,२२ बजेर ३१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा– सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५६ मिनेटमा । दिनमान ३४ घडी २७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

परिवारका साथ मिष्ठान्न भोजन खाँदै समय व्यतित हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ ।

शिक्षा तथा पढाइ लेखाइमा मन नजाँदा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ ।

पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तर पनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ ।

सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला ।

निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । तर पनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ ।

लेखन तथा साहित्यमा रुची बड्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ ।

गायन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् ।

प्रविधिको सहयोगले पढाई लेखाईलाई निरन्तरता दिन सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पटि परिनेछ ।

मायाँ प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ ।

पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ ।

अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?