काठमाडौं । काठमाडौंमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज काठमाडौंमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज भेटिएका कोरोना संक्रमितहरु दुई महिला र दुई पुरुष रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा २१ र ३५ वर्षकी दुई महिला र ३६ र ४६ वर्षका दुई पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसरा संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगराीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (शनिवार) एकैपटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
आज मात्रै नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ३२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा हिजो (शुक्रवार) एकेपटक २७८ जना कोरोना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया