पाकिस्तानद्वारा आर्थिक विकासको युग शुरु हुने विश्वास

काठमाडौँ, ४ फागुन – पाकिस्तानले नेपालमा नयाँ सरकार गठन भएसँगै द्रुत आर्थिक विकास र समृद्धिको युग प्रारम्भ हुने विश्वास व्यक्त गरेको छ संघीय कानुनअनुसार सफलतापूर्वक सम्पन्न निर्वाचनपछि श्री केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकामा पाकिस्तान सरकारले बधाई दिँदै सो विश्वास गरेको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले आज विज्ञप्ति जारी गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउनका लागि नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न पाकिस्तानले उत्सुकताका साथ प्रतीक्षा गरेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?