२२ जेष्ठ २०८०, सोमवार

दोस्रोका लागि चार दलबीच टक्कर

२०७४,आश्विन,५,बिहीवार ०१:१८

0
Shares

काठमाडौं, ५ असोज- प्रदेश २ को स्थानीय तह निर्वाचनको सुरुवाती मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दोस्रो दलमा सीमित बनेको कांग्रेस प्रदेश २ मा भने पहिलो शक्ति बन्ने होडमा उभिएको छ ।दुई चरणको निर्वाचनमा पहिलो ठूलो शक्ति बनेको नेकपा एमाले भने दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धामा छ । बुधबार रातिसम्म एमाले तेस्रो स्थानमा छ । एमालेलाई संघीय समाजवादी फोरमले उछिनेको छ भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) थोरै संख्याले मात्र अग्रतामा एमालेभन्दा पछि छन् ।बुधबार राति साढे १० बजेसम्म ४१ स्थानमा अग्रता लिँदै कांग्रेस पहिलो स्थानमा छ । २८ स्थानमा अग्रता लिएर संघीय फोरम दोस्रो स्थानमा उक्लिएको छ । यसअघि सुरुवाती अग्रतामा एमाले दोस्रो स्थानमा रहेको थियो ।पछिल्लोपटक भने संघीय फोरमले उछिनेको हो । एमालेले २५ स्थानमा अग्रता कायम गरेको छ । २१ स्थानमा अग्रता कायम राख्दै माओवादी केन्द्र दोस्रोका लागि प्रतिस्पर्धामा छ । विभिन्न ६ दल एकताबाट बनेको राजपा समेत १९ स्थानमा अग्रता कायम राख्दै दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छ, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१