रामेछाप जिल्लामा कोरोना पोजिटिभ देखिएका १ जना सम्पर्कविहिन भएका छन्। रामेछापमा शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्भेलनमा जानकारी दिएको थियो। जसमा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोसी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थिए।
गोकुलगंगाका ११ जनालाई कोरोना परीक्षण रिपोर्ट नआउँदै गाउँपालिकाले दिउँसो क्वारेन्टाइनबाट घर पठाएको थियो। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्भेलनमा कोरोना पोजिटिभ आएको सार्वजनिक भएपछि गाउँपालिकाले गम्भीर लापरबाहि गरेको खुलेको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया