भक्तपुर, ४ फागुन – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उहाँको निजी निवासमा आउनेको भीड लागेको छ प्रधानमन्त्री ओली निवासमा नवनियुक्त मन्त्रीद्वय, प्रदेश मन्त्री, प्रदेशसभाका सभामुख, एमालेका केन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायत प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन आएका थिए बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो । बधाई दिन आउनेले घण्टाँै कुरेर लामबद्ध भएर प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए प्रधानमन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा पनि पुग्नुभएको थियो । ओलीलाई बधाई तथा शुभकामना दिन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेललगायत पनि आउनुभएको थियो त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरीका उच्चपदस्थ अधिकारी, कलाकार शिव श्रेष्ठलगायत, पत्रकार, लेखक विभिन्न संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया