हेर्नुहोस् २०७७ साल जेठ २४ गतेदेखी जेठ ३० गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय राम्रो रहेकोले वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ ।

नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको शुरु र अन्तको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णय तपाईको पक्षमा नआउन सक्छ ।

आईतवार साँझबाट मंगलवार सम्मको समय राम्रो रहेकोले विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग गर्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।

सोमवार र मंगलवारको समय मध्ययम रहेकोले विदेशी भूमिमा हुनहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

फुर्सदको समयमा ध्यान तथा साधना गर्नुहोला शरिर स्वस्थ्य हुनेछ । समयको सदुपयोग गर्दै अध्ययन गर्नाले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला । आमा तथाआफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लगनशील तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग मार्फत लाभ लिन सकिनेछ ।

आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ ।

प्रेमको डोरो कसिलो भएर जानेछ । बुधवारबाट समय मध्यम रहेकोले व्यवसायमा घाटा लाग्ने तथा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्रो होला ।

सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला । तरपनि पैत्रिक स्रोत साधनको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । बुधवारबाट समय मध्यम रहेकोले पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन ।

काम गर्दा वा सवारी चलाउँदा वा यात्रा गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आईतवारसम्मको समय मध्ययम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

सोमबारबाट मनमा धार्मिक प्रवृत्ति जागृत हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत लेख,रचना तथा विचारहरु जनमानसमा लैजान सकिनेछ ।

आफन्त सँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ ।

अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ ।

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सोमवार र मंगलवारको समय मध्यम रहेकोले व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाडी बढ्नुहोला ।

सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

अध्यनमा प्रगती हुनेछ भने विद्यार्थीवर्गका लागि आजको दिन फलदायी रहनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

बुधवारबाट भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

बढी भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला । विदेशी भूमिमा रहने हरुले विषेश ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय राम्रो रहेकोले प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपूर्ण रहनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ ।

आफन्त तथा परिवारका साथ घरमै समय व्यतित हुनेछ भने परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आईतवार साँझसम्मको समय मध्यम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् ।

गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।

सोमवारबाट रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ ।

भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ ।

सोमवार र मंगलवारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बढी भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ ।

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । समय प्रतिकुल भएपनि आफ्नै मिहेनतले अनुकुल बनाउने प्रयास गर्नुहोला ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?